डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा मर्चवारी गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
पौष ११ गते खेरामा आयोजित उक्त अधिवेशनद्वारा पार्टीको मर्चवारी गा.पा. अध्यक्षमा मुरलीधर चौधरी,
उपाध्यक्षमा विजय कुमार यादव, सचिवमा जितेन्द्र कुमार सिंंह, सहसचिवमा मुरारी प्रजापति , कोषाध्यक्षमा कमलेश्वर यादव सहित २५ सदस्य गा. पा समिति चयन गरेको जिल्ला अधिवेशन संयोजक एवं जिल्ला संयोजक रामकेश गुप्ताले जानकारी दिए ।
सयौंका संख्यामा स्थानिय जनता उपस्थित रहेको उक्त अधिवेशनको अध्यक्षता गा.पा. इन्चार्ज किशुन बरईले गरेका थिए, भने मुख्य वक्ताहरुमा कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान,बिशिष्ट अतिथी एवं पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव सहित जिल्ला सह संयोजक चन्द्रशेखर सोनार लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।
सो कार्यक्रममा पार्टी जिल्ला सचिव शिवचरन केवट, बरिष्ट महिला सदस्य निर्मला हरिजन, मधेश नेतृत्व पुन्जका सदस्य विरेन्द्र धवल, युवा जनमत संघ रूपन्देही जिल्ला संयोजक सागर वर्मा लगायत जिल्ला सदस्य गण, गा.पा. इन्चार्ज गण लगायत जिल्लाभरि बाट उल्लेख्य संख्यामा नेता -कार्यकर्ताहरुको उपस्थिती थियो ।
सो सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं केन्द्रिय सदस्य अब्दूल खानले – आजसम्म राष्ट्रियस्तरका पार्टी भनाउंदा कांग्रेस, कम्युनिष्ट, राप्रपा जस्ता शाषक पार्टीहरूले मधेशको भूमिलाई आफ्नो मानेको तर त्यहां बसोबास गर्ने मधेशीलाई अपनाउन नसकिरहेको आरोप लगाए। यद्यपि राज्यले मधेशको भूमिमा नियोजित रुपबाट बर्मा, भूटान, आसाम-मेघालय (भारत ) देखी मान्छे बोलाई मधेशमा नयां नयां वर्मैली टोल, नेपाली टोल बस्ती बसाएर मधेशको मूल जनसांख्यिकी बनोट बिगारेको बताए ।
उनले प्रश्न गरे – जब मधेशमा बस्ने पहाडीले समेत कुनै मधेशी नेतालाई भोट दिदैंन भने मधेशी जनताले नै किन मधेशमा पहाडी नेतालाई भोट दिने ? आजसम्म कुनै मधेशीले पहाडमा गएर चुनाव जित्न नसकेको तर पहाडी व्यक्ति मधेशमा आई वर्षोंसम्म मधेशीकै भोटबाट राजनिती गरेपनि मधेशीको बारेमा कहिल्यै राम्रो नसोचेको उनले बताए।
त्यसैगरी, केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले – नेपाली राज्यसत्ताले संधै मधेशीलाई विभेदकारी शिक्षानिती मार्फत अशिक्षित बनाई, गरिब बनाइ मधेशीलाई केवल भोट बैंकको रुपमा उपयोग गरिरहेको बताए।
त्यसैगरी मन्तव्य राख्ने क्रममा जिल्ला सदस्य निर्मला हरिजनले – राज्यले नियोजित रूपमा मधेशमा बढी संख्यामा पहाडी सेना,पुलिस, प्रशासन, कर्मचारीको नियुक्ति गरी मधेशीमाथी केवल आर्थिक शोषण गरिरहेको आरोप लगाइन।
यसै गरी जिल्ला संयोजक रामकेश गुप्ताले – आजसम्म मधेशी जनतासामु उपयुक्त विकल्प नभएको कारण भ्रष्ट पार्टीका नेतालाई भोट दिन बाध्य भएकोमा अब जनतासामु नयां विकल्प को रुपमा जनमत पार्टी आइसकेकाले ” सबको देखा बारबार, जनमत पार्टी अबकी बार ” भन्ने नाराका साथ सबैलाई पार्टीको चुनाव चिन्ह ‘हर्न छाप’ मा भोट दिन आग्रह गरेका थिए।यस अधिवेशन पश्चात पौष १८ गते गैडहवा गाउँपालिकामा गरिने कार्यक्रम रहेको जिल्ला संयोजक गुप्ताले बताए । उनले निर्धारित मितीमा बांकीका पालिकामा अधिवेशनमा सहभागी भई कार्यक्रम पूर्ण रूपमा सफल बनाउन जिल्ला तथा पालिका स्तरका नेता-कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।
यस अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी जिल्ला तथा गाऊँपालिका स्तरका अन्य पार्टीबाट दर्जनौं नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सचिव शिवचरन केवटले जानकारी दिए।