हुलाकी न्यूज,काठमाडौं : राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘अरुलाई खुवाउन पालेको पालेको बाघले आफैंलाई नखाओस’ भन्दै चेतावनी दिएका हुन्।

संसद विघटनविरुद्ध सडक आन्दोलन गरिहेका नेताद्वयको माइतीघर मण्डलामा बसेको तस्विर सहित ट्विट गर्दै अध्यक्ष थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै चेतनावनीमूलक अभिव्यक्ति दिएका हुन्।

०६२र०६३ पछि कांग्रेस कम्युनिष्टले न्यायिक निकाय र राज्य संयन्त्रमा पार्टी निकट मान्छे राख्ने गलत परम्पराका भएकाले न्याय दुर्लभ भएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्वीट गर्दै थापाले अरुलाई खुवाउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड-माधवलाई आग्रह गरेका छन् ।

‘२०६३ सालपछि कंग्रेस-कम्युनिष्टले न्यायपालिकालगायत सम्पूणर् राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड-नेपाललाई भएकै होला !’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.