हुलाकी न्यूज, जनकपुर : धर्म कमाउन मन्दिर नै जानु पर्दैन,उदाहरण जनकपुरधामाका युवाहरुले दिएका छन्।
जनकपुरधाम स्थित महावीर चोकका युवाहरूले एक जना ७० भन्दा बढी वर्ष उमेरका वृद्धलाई सहयोग गरेका छन्।

जनकपुरधामको वार्ड नं ४ भैरब चोक स्तित रोडको नजिकै ती वृद्ध महिला अलपत्र अवस्था मा बसिरहेकी थिइन्।
तराईको मुटु कमाउने जाडोमा मात्र पतुलो सल ओढी सुतिरहेकी ती वृद्दको दुख देख्न नसकेर ती युवाहरू ती वृद्धलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइयो त्यस पछात ती वृद्धको कोई आफन्त नाएकोलेगर्दा ती युवाहरूले नेपाल प्रहरीको सहायताले ती वृद्धलाई जनकपुरधाम मा रहेको जानकी वृद्ध आश्रममा व्यवस्थापना गरियो।
सहयोग गर्न धन होईन मन हुनपर्छ भनें अत्ममह विश्वास र उदहारण ई जनकपुरका युवाहरूले समाज लाई दिएका छन्।




