हुलाकी न्यूज,काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ।
बिहान साढे ११ बजे बबरमहलमा हुने यस बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको ३८ पृष्ठ लामो आरोप पत्रको जवाफ दिने छन्।
प्रचण्डले ४० पृष्ठ लामो जवाफी पत्र तयार पारेका छन् र सो पत्र छलफलका लागि बैठकमा पेश गर्ने तयारी छ।
बैठकले पार्टीको महासचिव समेत चयन गर्ने तयारी गरेको जनाइएको छ।




