हुलाकी न्यूज,काठमाडौँ : आज बसेको प्रचण्ड(नेपाल पक्षको संसदीय दल)को बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेपछि मिडियासँग कुरा गर्दै प्रचण्डले निकै ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको बताउदै यो प्रतिनिधि सभालाई जीवन्त राख्ने आफ्नो प्रयास हुने बताएका छन्।

उनले भने, ’मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले मैले प्रयत्न गर्नेछु।

मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु।’प्रचण्डले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.