हुलाकी न्यूज,जनकपुर :प्रतिनिधी सभा विघटनको विरुद्धमा जनकपुरधाममा जनता समाजवादी पार्टी (जसपा)ले बिरोध प्रदर्शन गरेको छ।

विराेध जुलुशमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए।

लामो समयको संघर्ष र क्यौं पटकको आन्दोलनले बलिदानी दिएर जनताले ल्याएको लोकतन्त्र र संविधानमाथि प्रधानमन्त्री ओलीको प्रहार कदापी सहन हुन नसक्ने बक्ताहरुकाे भनाई थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.