हुलाकी न्यूज,काठमाडौं : आफैले जुटाइदिएको तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकताबाट बनेको नेकपा टुक्रिइरहेको अवस्थाबारे चिन्तित बनेको चीनको सक्रियता फेरि बढेको छ।

दुई पार्टीलाई एक गराउन र पटक पटक यसअघि पार्टीमा आएका आँधीवेहरीलाई समेत रोक्न सफल भएको चिनियाँ शक्ति यसपटक कडाखाले आँधी रोक्न असफल भएको छ।


एकाएक अप्रत्याशित शैलीमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल-झलनाथ खनाल पक्षबीच बढेको मतैक्यपछि ओलीले चालेको असंवैधानिक कदमपछि चीन पनि निराश भएको छ।

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले फेरि एकपटक सक्रियता देखाएकी हुन् ।  नेकपाका छुट्टाछुट्टै केन्द्रीय कमिटीका बैठक बसेपछि यान्छीले सक्रियता देखाएकी हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई मंगलबार साँझ भेटेकी छिन् । राष्ट्रपति भवन शितल निवासमै पुगेर उनले भेट गरेकी हुन् ।

राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले भेटघाट कोरोना भाइरसको महामारी नियन्त्रणसँग सम्वन्धित रहेको दाबी गरे पनि भेट नेकपाको विभाजनलाई नै केन्द्रीत रहेर गरिएको बताइएको छ।

चीनले राष्ट्रपतिमार्फत नभइ नेपाल सरकारलाई सहयोग प्रदान गर्दा सम्बन्धित मन्त्रालय वा प्रधानमन्त्रीमार्फत प्रक्रिया अगाडि बढाउँदै आएको छ।

यान्छीले नेकपाका सम्बन्धमा राष्ट्रपतिबाट ठोस निचोड आउन नसकेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेकी छिन्। मंगलबार राति नै उनले राष्ट्रपतिलाई भेटेपछि खुमलटार पुगेर प्रचण्डलाई भेटेकी हुन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.