हुलाकी न्यूज,सिरहा : सिराहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा बम फेला परेको छ। सुखीपुर-८ सुखीपुर बजारस्थितपरिसरमै राखिएको जेनरेटरमाथि प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छन्।
सरसफाई कर्मचारीले बिहान सरसफाई गर्ने बेलामा मूल गेट नजिकै राखिएको कालो ब्यागमा प्रेसर कुकुर बम देखेपछि प्रहरीलाई खबर गरिएको नगर प्रमुख रामऔतार यादवले बताएका हुन। उनका अनुसार बम भेटिएको हल्ला भएपछि स्थानीयहरुमा त्रास फैलिएको छ।
नगर कार्यपालिका कार्यालय परिसरमा बम फेला परेको सूचना पाए लगत्तै बिहान १० बजेदेखि नै इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतार, सुखीपुर र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पबाट प्रहरी नगर कार्यपालिकालाई सुरक्षा घेरामा राखेको नगर प्रमुख यादवले उल्लेख गरेका छन।
जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार नगर कार्यपालिकामा भेटिएको बम जस्तो शंकास्पद बस्तु के हो भन्ने यकिन गरी डिस्पोजका लागि चाहर्वास्थित नेपाली सेनाको शेर गणसँग समन्वय गरिएको छ ।शेर गणका गणपति प्रमुख सेनानी जितेन्द्रकुमार गौलीले गणबाट डिस्पोजल टोली घटनास्थल पुगेर चेकजाँच गरिरहेको बताए।