हुलाकी न्यूज, जनकपुरधामः मगही भाषाको आधुनिक गीत सार्वजनिक भएको छ।
‘अपन मगही से एहने लगौने रहु प्रित यौ’ बोलको गीत सोमबार युट्युबबाट सार्वजनिक गरिएको छ।
फुलगेन मगहीको संकलन, सत्रुघन मुखियाको लेखन र दिपेन्द्र साहको संगीतमा उक्त गीत रहेको छ। कृष्णकुमार महतोले म्यूजिक भिडियोको निर्देशन, नैमिक यादवले सम्पादन र बुधेश्वर रजकले छायांकन गरेका हुन्।



