हुलाकी न्यूज,काठमाडौँ : जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी ओलीको कमदविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन्।
जसपाका नेता डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल ट्विटरमार्फत विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरेका छन्।
उनले लेखेका छन्, ‘जनता समाजवादी पार्टीले ओलीको संसद् विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी हर्कतका विरुद्ध पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।




