हुलाकी न्यूज,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बाध्य भएर संसद विघटन गरेको बताएका छन्।
सोमबार राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने काम अप्रत्यासित जस्तो देखिएपनि नेकपाका केही नेताले सरकार गठन भएदेखि नै असयोग गरेको र जनभावना अनुसार काम गर्न नदिएपछि आफू बाध्य भएर निर्वाचनको मिति घोषणा गरेको भन्दै प्रधानमन्त्रीले सबैलाई निर्वाचनको तयारीमा लाग्न आह्वान पनि गरे।




