हुलाकी न्यूज,वीरगञ्ज : किसानको करिब ४५ लाख रुपैयाँ ठग्ने एकजना रौतहटबाट पक्राउ परेका छन्।
प्रहरीले किसानको पैसा ठग्ने वृन्दावन नगरपालिका ६ हर्षाहा टोल बस्ने वर्ष २८ को अनिल कुमार पटेललाई पक्राउ गरेका हुन।पटेलले ओम्नी अटोमोबाइलले चन्द्रनिगाहपुरको ट्रयाक्टर सो रुमबाट किस्ताबन्दीमा ट्रयाक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता बापतको रकम ठगी गरेको प्रहरीले जनाएका छन।
उनले २०७५ साल साउन १ गते देखि विभिन्न मितीमा कम्पनीमा बुझाउन भनि किसानहरुबाट ४४ लाख ७८ हजार ५ सय बुझेर कम्पनीमा नबुझाइ लिएर फरार भएका थिए।रकम ठगी गरेको भन्ने जाहेरी दरखास्त प्रहरीमा किसानहरुले दिएपछि पटेललाई प्रहरीले पक्राउ गरेको रौतहटका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका हुन।




