हुलाकी न्यूज,दाङ : दाङमा टिकटक भिडियाे बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गएको छ।
टिकटक बनाउने क्रममा झोलुङ्गे पुलबाट खसेर गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापाकाे ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
उनको उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल ज्यान गएको हो। गएकाे शनिबार दिउँसाे दुई बजेतिर बबई गाउँपालिका ५ हापुरेकाे पुरन्धारा छहरा नजिक रहेको झोलुङ्गे पुलबाट टिकटक बनाउने क्रममा थापा खसेका थिए।