हुलाकी न्यूज, जनकपुर: तराई मधेशमा एका एक जाडो बढेको छ। बिहिवार बिहानैदेखि जनकपुर लगायत तराई मधेशमा बाक्लो कुहिरो(धुनी )लागेको छ।
यसरी चिसोबढ्दै जाँदा जनकपुरधामका वरिपरि धनुषाधाम,सबैला,यदुकुहा,लगायत आसपास तराईका जिल्लाहरुमा जनजीवन अफ्ठ्यारो बन्दै गएको हो। बाक्लो जाडो र बाक्लो हुस्सुको कारण जनकपुर बजारमा चहल पहल घटेको देखिनछ ।
चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।