हुलाकी न्यूज,सर्लाही : सर्लाहीको कबिलासी नगरपालिका वार्ड नम्बर ७ मा रहेको श्री जनता मावि विधालयमा आइतबार बिद्यार्थीहरुले ताला बन्दी गरेका हुन।

स्कुलले बिद्यार्थीहरुलाई राहत समाग्री उपलब्ध नगरेको , शिक्षक अभाव भएको विभिन्न माग राखेर बिद्यार्थीहरुले प्राध्यापक ,शिक्षकलाई बिधालय भित्र प्रवेशमा रोक लगाएको स्थानिय बिद्यार्थीहरुले बताएका हुन। बिद्यार्थीहरुले मलङ्वा नवलपुर सडक २ घण्टा सम्म बन्द पनि गरेको थियो। स्कुलको विकास र अवस्था सुधारको लागी कुनैले चासो नदेखाएकोले अध्यापनमा समस्या हुने गरेको स्थानीयबासी रबि संकर ठाकुरले बताए।। शिक्षकले कोर्स पूरा नगरिदिदा अध्ययनमा निकै समस्या हुने गरेको कक्षा १० अध्यनरत विद्यार्थी सुनिता साहले गुनासो गरिन।

बिधालय क्षेत्रमा नगरपालिकाले समेत शिक्षक पद पुर्तीमा राजनीति गर्न खोजेको स्थानीयबासीले आरोप लागए। बिधालयका प्रअ हेम नारायण झाले भने बिधालयमा शिक्षक पुर्ती र बिद्यार्थीको अध्ययनको लागि नगरपालिका संग माग गरे पनि अहिले सम्म आफ्नो इच्छा अनुसारको दरबन्दी शिक्षक पठाउन नसकेको बताए। तर बिधालय र स्थानीयले राहत कोटामा शिक्षकको माग गरेको छ। यत कबिलासीनगर मेयर कौसल किसोर रायले बिधालयमा ब्यवस्थापन समिति नहुदा बिधालय संचालनमा असहयोग भएको बताउनुभयो। आज बिद्यार्थी र नगर प्रमुख ,शिक्षा अधिकृत संग फेरि छ्लफल हुने बताईएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.