डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा मायादेवी गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
पौष ४ गते सुण्डीमा आयोजित सो अधिवेशनद्वारा पार्टीको मायादेवी गा.पा. अध्यक्षमा हरिकेश हरिजन, उपाध्यक्षमा जीवनलाल विश्वकर्मा, सचिवमा मनोजकुमार जयसवाल, सहसचिवमा रामकरण भुज, कोषाध्यक्षमा रामवेलास कोहार सहित २७ सदस्यीय गा.पा. समिति चयन गरेको जिल्ला अधिवेशन संयोजक एवं जिल्ला संयोजक रामकेश गुप्ताले जानकारी दिए ।
सयौंका संख्यामा स्थानिय जनता उपस्थित रहेको उक्त अधिवेशनको अध्यक्षता गा.पा. इन्चार्ज विष्णु सिंहले गरेका थिए, भने मुख्य वक्ताहरुमा कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान,बिशिष्ट अतिथी एवं पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव सहित जिल्ला सह संयोजक चन्द्रशेखर सोनार, जिल्ला कोषाध्यक्ष संजय कुमार मिश्र, वरिष्ठ महिला सदस्य इन्द्रा शुक्ला लगायतले आ-आफ्नो मन्तब्य राखेका थिए ।
साथै, कार्यक्रममा जिल्ला सहसंयोजक दिलिप कुमार यादव, जिल्लाकी वरिष्ठ महिला सदस्य निर्मला हरिजन, युवाजनमत संघ रुपन्देही जिल्ला संयोजक सागर वर्मा,युवा जनमत संघ रुपन्देही सहसंयोजक मोहम्मद उमर खान, जिल्ला सदस्य – निधीलाल अशान्त, लु.सां.नपा इन्चार्ज गोविन्द धवल,क्षेत्रीय संयोजक सन्तोष यादव,मधेश नेतृत्व पुञ्जका सदस्य वीरेन्द्र धवल,दलित जनमत संघ रुपन्देही अध्यक्ष रामगणेश हरिजन, जनमत विदेश विभागका केन्द्रिय सदस्य बिनोद पासवान लगायत जिल्लाभरि बाट उल्लेख्य संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती थियो ।
सो सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी एवं केन्द्रिय सदस्य अब्दूल खानले – आजसम्म राष्ट्रियस्तरका पार्टी भनाउंदा कांग्रेस, कम्युनिष्ट, राप्रपा जस्ता शाषक पार्टीहरूले मधेशको भूमिलाई आफ्नो मानेको तर त्यहां बसोबास गर्ने मधेशीलाई अपनाउन नसकिरहेको आरोप लगाए। यद्यपि राज्यले मधेशको भूमिमा नियोजित रुपबाट बर्मा, भूटान, आसाम-मेघालय (भारत ) देखी मान्छे बोलाई मधेशमा नयां नयां वर्मैली टोल, नेपाली टोल बस्ती बसाएर मधेशको मूल जनसांख्यिकी बनोट बिगारेको बताए ।
उनले प्रश्न गरे – जब मधेशमा बस्ने पहाडीले समेत कुनै मधेशी नेतालाई भोट दिदैंन भने मधेशी जनताले नै किन मधेशमा पहाडी नेतालाई भोट दिने ? आजसम्म कुनै मधेशीले पहाडमा गएर चुनाव जित्न नसकेको तर पहाडी व्यक्ति मधेशमा आई वर्षोंसम्म मधेशीकै भोटबाट राजनिती गरेपनि मधेशीको बारेमा कहिल्यै राम्रो नसोचेको उनले बताए।
त्यस्ता नश्लीय शोषक शाषक पार्टीमा लागेका मधेशीहरुलाई रावणको भक्त कालनेमीको संज्ञा दिए। त्यस्तै, ती शाषक पार्टीहरूमा लागेका मुस्लिम नेता भनाउँदाहरु वास्तवमा गद्दार ‘मुनाफिक’ भएको बताए।
त्यसैगरी, केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले – नेपाली राज्यसत्ताले संधै मधेशीलाई विभेदकारी शिक्षानिती मार्फत अशिक्षित बनाई, गरिब बनाइ मधेशीलाई केवल भोट बैंकको रुपमा उपयोग गरिरहेको बताए।
त्यसैगरी मन्तव्य राख्ने क्रममा जिल्ला सदस्य इन्द्रा शुक्लाले – राज्यले नियोजित रूपमा मधेशमा बढी पहाडी सेना,पुलिस, प्रशासन, कर्मचारीको नियुक्ति गरी मधेशीमाथी केवल आर्थिक शोषण गरिरहेको आरोप लगाईन।
यसै गरी जिल्ला संयोजक रामकेश गुप्ताले – हिजोसम्म मधेशी जनतासामु उपयुक्त विकल्प नभएको कारण भ्रष्ट पार्टीका नेतालाई भोट दिन बाध्य भएकोमा अब जनतासामु नयां विकल्प को रुपमा जनमत पार्टी आइसकेकाले ” सबको देखा बारबार, जनमत पार्टी अबकी बार ” भन्ने नाराका साथ सबैलाई पार्टीको चुनाव चिन्ह ‘हर्न छाप’ मा भोट दिन आग्रह गरेका थिए।
यस अधिवेशन पश्चात पौष ११ गते मर्चवारी गाउँपालिका तथा पौष १८ गते गैडहवा गाउँपालिकामा गरिने कार्यक्रम रहेको जिल्ला संयोजक गुप्ताले बताए । उनले निर्धारित मितीमा बांकीका पालिकामा अधिवेशनमा सहभागी भई कार्यक्रम पूर्ण रूपमा सफल बनाउन जिल्ला तथा पालिका स्तरका नेता-कार्यकर्ताहरुलाई आग्रह गरेका छन।
यस अधिवेशनका क्रममा विभिन्न पार्टी परित्याग गरी गाऊँपालिकाका निर्वाचित सदस्यहरु रामकरण भुज, शान्ति हरिजन लगायत दर्जनौं नेता-कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जिल्ला सहसंयोजक एवं अधिवेशन पर्यवेक्षक चन्द्रशेखर सोनारले जानकारी दिए।