
हुलाकी न्यूज, काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले चार बुँदे निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने प्रस्ताव अगाडि सारेको छ।
स्थायी कमिटी सदस्य गणेश साहका अनुसार ओलीलाई अनुशासनको कारवाही गर्ने, स्थानीय कमिटी बोलाउने र कृष्णबहादुर महरालाई स्थायी कमिटीमा ल्याउने निर्णय भएको छ।
नेकपा स्थायी कमिटी बैठकका निर्णयहरु
१–ओलीलाई अनुशासनको कारवाहीका लागि केन्द्रीय कमिटीमा प्रस्ताव लग्ने, त्यसका लागि पुस ७ गते केन्द्रीय कमिटीको बैठक
२–प्रधानमन्त्रीको संसद विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त
३–सोमबार १ बजे संसदीय दलको बैठक, ३ बजे स्थायी कमिटी बैठक
४–पूर्वसभामुख कृष्ण बहादुर महारालाई स्थायी कमिटीमा मनोनयन



