हुलाकी न्यूज, जनकपुरधामः
जनता समाजवादी पार्टी(जसपा)का नेता एवं प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले राष्ट्रपतिको कदम मधेशी, आदिवासी जनजाति आन्दोलनको उपलब्धीलाई धरापमा पार्ने खेल भएको बताएका छन्।

लोकतन्त्रमाथि कुठाराघात गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र राष्ट्रपति विद्या देवी भण्डारीको कदम असंवैधानिक भएको प्रतिक्रिया दिएका छन्।

‘लोकतन्त्रमाथिको कुठाराघात हो। मधेश जनविद्रोहको उपलब्धीलाई धरापमा पार्ने खेल भएको छ।’ नेता सोनलले हुलाकी न्यूजसँग भने,‘आदिवासी जनजाति, थारु र सीमान्तकृतहरुको उपलब्धलाई समाप्त पार्ने खेल भएको हो। यसको घोर भत्र्सना गर्दछु।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरी मध्यावदी निर्वाचनको घोषणा गरेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.