
हुलाकी न्यूज, काठमाडौं : डा.सीके राउत नेतृत्वको जनमत पार्टीले संसद विघटन हुनु दुःखद भएको जनाएको छ। सँगै जनमत पार्टी निर्वाचनमा जान तयार भएको छ।
जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले प्रेस विज्ञप्ति जारी गर्दै भागबण्डा र लुछाचुडीका कारण संसद विघटन भएको निष्कर्ष निकालेको छ।
‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो। यस विषयमा हाम्रो पार्टीले संविधानविद्हरूसँग परामर्श लिइराखेको अवस्था छ। साथै पार्टीको स्थायी समितिले समेत यस विषयमा छलफल गरिराखेको छ।’ विज्ञप्तिमा भनिएको छ।
‘जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरू देश, प्रदेश र स्थानीय तहहरू चलाउन पूर्ण रूपमा असफल भएको, भ्रष्टाचारलाई घर–घरमा पु¥याएको, भागबण्डा र आपसी लुछाचुँडको राजनीतिले देशलाई बन्धक बनाएको कुराको परिणामको रूपमा नै संघीय सदन विघटन हुनुपरेको हाम्रो अहिलेको ठहर छ।’ विज्ञप्तिमा भनिएको छ,‘त्यसैले पटक–पटक परीक्षण भएर असफल भइसकेका भ्रष्ट पार्टी र नेताहरूलाई आगामी निर्वाचनमा परास्त गर्दै जनमत पार्टीलाई भारी बहुमतले जनादेश दिएर जनसंप्रभुता तथा सामुदायिक स्वराज कायम गर्न जनतासँग अनुरोध समेत गर्दछौं।’




अब की बार जनमत सरकार 300पार !👍
Janmat ka sarkar chiheye