हुलाकी न्यूज,काठमाडौँ : सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्व गृहसचिव प्रेमकुमार राईको नाम सिफारिस गरेको छ।
संवैधानिक परिषद्को मंसिर ३० गते बसेको बैठकले अख्तियारको प्रमुख आयुक्तमा राईलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो।
सो निर्णय अनुसार राईको नाम संसद सचिवालयमा दर्ता भएको स्रोतले जनायो।
सरकारले संवैधानिक आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि लागि संवैधानिक परिषदको बैठक बसे पनि गणपुरक संख्या नपुगेपछि अध्यादेश ल्याएको थियो। अध्यादेश ल्याएलगत्तै बसेको संवैधानिक परिषदको बैठकले राईको नाम प्रमुख आयुक्तमा सिफारिस गरे पनि निर्णय भने गोप्य राखिएको थियो।




