हुलाकी न्यूज,,काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्न सरकारले गरेको सिफारिस सदर गरेकी छिन् । योसँगै प्रतिनिधिसभा विघटन भएको छ।
राष्ट्रपतिले आगामी १७ र २७ वैशाखका लागि नयाँ चुनावको मिति तोकेकी छन्। मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद् विघटन गर्न राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।