हुलाकी न्यूज,जनकपुर: जनकपुरधाममा विवाह पञ्चमीको अवसरमा भव्य नि:शुल्क प्राथमिक उपचार स्वास्थ्य शिविर आयोजना गरियो।
यस नि:शुल्क प्राथमिक चिकित्सा स्वास्थ्य शिविरका आयोजक मेडिकल स्टुडेन्ट्स एसोसिएशन अफ स्टेट २ र लिभिंग विथ एन्वायरमेन्मेन्ट द्वारा समर्थित तथा कमलाया फार्मास्यूटिकल वितरकहरू द्वारा प्रायोजित गरिएको हो।
राममन्दिर को दक्षिणपटि प्रवेश ढोका नजिक उक्त शिविरको निर्माण गरेका थिए। उक्त शिविर बाट ८०० भन्दा बढी जनाले सहायता तथा औषधि, मास्क र पनि निशुल्क प्राप्त गरेको भन्ने जानकारी वातावरण जिउने आधारका सदस्य अनिकेत ठाकुरले बताए।
यस वर्ष विवाह पञ्चमीमा श्रधालुको संख्या थोरै रहेपनि सदस्य ठाकुरले उक्त कार्यक्रममा औषधि सहयोग गरिदिएको कमलाया फार्मास्यूटिकल वितरकहरूलाई समेत धन्यवाद व्यक्त गरेका छन।
शिविरमा औषधि, मासक , पिउने पानी तथा प्राथमिक उपचार गर्ने उद्देश्य रहेको थियो।

यस निशुल्क प्राथमिक सहायता शिविरका डाक्टर हरु डा.आरती कुमारी पाण्डे,डा. वीरेन्द्र साह, डा. संजु कर्ण,डा.कौशलेन्द्र शाह डा.अंजलि साह तथा इन्टर्न्सहरु सुष्मिता पाठक , गौतम कुमार झा, रूपेश साह, दिव्य प्रकाश, लगायत २२ जाना चिकित्सा विद्यार्थीहरु थिए।





