हुलाकी न्यूज, जनकपुरधाम, १५ कार्तिक । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक जनकपुरमा चलिरहेको छ । शनिबार साँझ ५ बजेबाट सुरु भएको मोर्चाको बैठक अहिले पनि जारी छ । मोर्चाको बैठकमा अहिलेसम्म जारी मधेश आन्दोलनको समीक्षा गरिएको तराई मधेश सदभावना पार्टीकी उपाध्यक्ष रानी शर्माले हुलाकी न्यूजलाई बताएकी छन् ।
बैठकमा नाकाबन्दी सफल भएपनि राजमार्ग बन्द गर्न मधेशी मोर्चा पूर्ण रुपले सफल नभएको निष्कर्ष निकाल्दै अब राजमार्गमा कडाई गर्ने निर्णय लिइएको उपाध्यक्ष शर्माले बताएकी छन् । उनले नाकाबन्दीका बाबजुद पेट्रोलियम पदार्थको तस्करी भइरहेकोमा तस्करी रोक्न निगरानी बढाउने र नाकामा थप कडाई गर्ने निर्णय भएको जानकारी दिएकी छन् ।
त्यस्तै मोर्चाले सरकारसँगको वार्ता असफल भएको ठहर पनि गरेको छ । मोर्चाले आईतबार सरकारी वार्ता टोली र मधेशी मोर्चाबीचको वार्तापछि वार्ता जारी राख्ने वा अन्त्य गर्ने सम्बन्धमा निर्णय लिने शर्माले बताइन् । उनले आईतबारको वार्ताबाट केही ठोस निष्कर्ष निस्किनेमा मोर्चा आशावादी भने नरहेको पनि प्रष्ट पारेकी छन् । शर्माका अनुसार मोर्चाले सरकारसँगको वार्तालाई तत्कालका लागि विराम दिन सक्नेछ ।
मधेशी मोर्चाको बैठक अहिले पनि चलिरहेका आन्दोलनका थप रणनीति र निर्णयका बारेमा जानकारी आउन बाँकी रहेको छ ।
जनकपुरमा जारी बैठकमा मोर्चाआबद्ध चार मधेशी दलका अध्यक्ष, संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई, तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लाल, तमसपाका उपाध्यक्ष रानी शर्मा, तमलोपाका महामन्त्री जितेन्द्र सोनल, तमसपाका महासचिव रामकुमार मण्डललगायत केन्द्रिय सदस्यहरुको उपस्थिति छ ।




कि मधेसी नेता जि जे समाबेशी समानुपातिक के बात करै छि त पहिले अपना पर लागू करु कात्तिक १५ गते के जनकपुर मे जे बैठक कैली ओइमे 12 कोइमे एक महिला मात्रै रहे कि अहा सब के परिभाषा मे एहे समानुपातिक हबे कि
जय मधेस मधेस के नाउँ मे बैमानी नै