हुलाकी न्यूज, काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच संयुक्त रुपमा अगाडि बढ्ने सहमति भएको छ।
संसद अधिवेशन तत्काल बोलाउन दबाब दिने, संबैधानिक परिषद सम्बन्धी अध्यादेशको विरोध संयुक्त रुपमा गर्ने सहमति भएको वरिष्ठ नेता रामचन्द्र पौडेलले हुलाकी न्यूजलाई बताए।
सभापति शेरबहादुर देउवाको निवास बुढा निलकण्ठमा कांग्रेस र जसपाका नेताहरुबीच भएको छलफलमा उक्त सहमति भएको हो।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवादका कारण संसद अधिवेशन सुरु हुन सकेको छैन। यसैगरी सरकारले एकलौटी रुपमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएकोले विरोध गर्न दुई दल सहमत भएका हुन्।