फाइल तस्बीर

हुलाकी न्यूज, काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार र अध्यादेश बारे छलफल गर्न प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)का नेताहरुलाई बोलाएका छन्।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उठाएका कदम र अध्यादेशका विषयमा छलफल गर्न देउवाले जसपा नेताहरुलाई बोलाएको देउवाको सचिवालयले जनाएको छ।

बुढालिकण्ठस्थित देउवा निवासमा छलफलका लागि जसपाका नेताहरु महन्थ ठाकुर, डा.बाबुराम भट्टराई र राजेन्द्र महतो पुगेका छन्।

संवैधानिक परिषद् सम्बन्धी सरकारले ल्याएको अध्यादेशका विषयमा छलफल हुने भनिएपनि ओलीले सरकारमा सहभागिताका विषयमा कांग्रेस र जसपालाई प्रास्ताव गरेको श्रोतको दाबी छ।

स्रोतका अनुसार नेकपा विभाजन भएको खण्डमा कांग्रेस र जसपालाई आफ्नो पक्षमा राख्न ओलीले तयारी थालेका छन्।
तर, प्रचण्ड निकट मानिएका उपेन्द्र यादव ओलीसँग सहकार्य नगर्ने पक्षमा देखिएका छन्। जसकारण उनी बैठकमा सहभागी हुनबाट अस्वीकार गरेको जसपा श्रोतको भनाई छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.