हुलाकी न्यूज, जनकपुरधामः जनकपुर जेसिजका अध्यक्ष गौतम साह जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन्।
रुपन्देहीमा आयोजित जेसिजको ४७ औं महाधिवेशनबाट साह उपाध्यक्षमा निर्वाचित भएका हुन्।
नेपाल जेसिजको १७ वटा पदका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए।
गौतम साहले आफ्नो कार्यकालमा जनकपुरमा सभा हल, व्यवसायिक सटरलगायतका काम गरेका हुन्।