हुलाकी न्यूज, नेपालगंज, १५ कार्तिक । बाँकेका पत्रकारहरुले जारी मधेश आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । शनिबार नेपालगंजमा बसेको पत्रकारहरुको बैठकपछि अवधी पत्रकार संघ, नेपाल, मधेशी पत्रकार समाज, बाँके र प्रेस मञ्च नेपालले संयुक्त विज्ञप्ति निकाल्दै जारी आन्दोलनमा समर्थन रहेको जनाएका हुन् । उनीहरुले मधेशीका मागलाई सम्बोधन गर्न सरकारसँग माग पनि गरेका छन् ।

आन्दोलनका क्रममा अराजक तत्वहरुले जातीय र सामाजिक सदभाव बिग्रिने खालको गतिविधि गरिरहेको र यसले जातीय द्वन्द्व निम्तिन सक्ने सम्भावनाप्रति पनि उनीहरुको ध्यानाकर्षण भएको छ । विज्ञप्तिमा जारी आन्दोलन कुनै जाती, वर्ग वा समुदायको नभई वर्षौंदेखि शोषित मधेशीको हकअधिकारका लागि भइरहेको अधिकार र पहिचानको आन्दोलन भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सामाजिक सञ्जालमार्फत जातीय सदभाव बिगार्ने र अनावश्यक टिकाटिप्पणी गर्नेहरुमाथि निगरानी बढाउन स्थानीय प्रशासनसँग आग्रह गरेका छन् । विज्ञप्तिमा रिपोर्टिङका क्रममा प्रहरी प्रशासनले पत्रकारमाथि कुटपिट गर्नुका साथै संचारसामग्री पनि नियन्त्रणमा लिएको भन्दै पत्रकारहरुलाई निर्वाधरुपमा रिपोर्टिङको व्यवस्था मिलाउन माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.