हुलाकी न्यूज,काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्न स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै विवाह पञ्चमीको उत्सव मनाउन सबैमा आह्वान गर्नुभएको छ।
प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अवस्थित जानकी मन्दिरलाई यस पर्वको केन्द्र मानिन्छ।

राष्ट्रपतिले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी समाजमा विद्यमान सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुयाउने विश्वास लिनुभएको छ।
राष्ट्रपति भण्डारीले राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न र मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्न विवाह पञ्चमी पर्वले सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ।



