keshav jha
हुलाकी न्यूज, काठमाडौं, १५ भदौ । राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता केशव झाले मधेश र थरुहटका जिल्लाहरुमा प्रहरी प्रशासनले अत्यधिक र अनावश्यक बल प्रयोग गरिरहेको भन्दै त्यसको निन्दा गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता झाले मधेश र थरुहटका जिल्लामा दुई हप्ता भन्दा लामो सयमदेखि निरन्तर भइरहेको बन्दको क्रममा प्रहरी प्रशासनको अत्यधिक र अनावश्यक बल प्रयोगले अधिकार प्राप्तिको आन्दोलनलाई उत्तेजित पार्ने र बढी भन्दा बढि धनजनको क्षति गराउने कार्यमा प्रहरी प्रशासन अग्रसर देखिएको आरोप लगाएका छन् ।

उनले पूर्वी मधेशका जिल्लाहरुमा प्रहरीले अत्यधिक बल प्रयोग गरेको बताउँदै शान्तिपूर्ण आन्दोलनलाई भड्काउने प्रयास गरेको जिकिर गरेका छन् ।

सोमबार र मंगलबार बारा तथा पर्सामा प्रहरीले गरेको दमनको भत्र्सना गर्दै नेता झाले शान्ति सुरक्षाको नाममा अमानविय तरिकाले गरिएको प्रहरी प्रशासनको दमन तत्काल रोक्न र उच्चस्तरिय छानविन समिति बनाई घटनाको छानविन गरि पर्सा प्रशासनको दोषीलाई कारवाही गर्न माग गरेका छन् । आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्न पनि उनले माग गरेका छन् । झाले आन्दोलनरत पक्षको मागलाई समयमै सम्बोधन नगरे त्यसबाट आउने भयावह परिणामको जिम्मेवार राज्य स्वयं हुनु पर्ने चेतावनी पनि दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.