बलिउड ड्रग्स केसमा अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले फिल्म निर्माता करण जौहरलार्य नोटिस पठाएको छ।
रिपोर्ट्सका अनुसार करणसँग उनको घरमा भएको पार्टीको भाइरल भिडियोको जवाफ मागिएको छ। तर हालसम्म उनलाई एनसीबीकै अफिसमा सोधपुछ गरिने वा नगरिने भन्ने बारेमा केहि खुलाईएको छैन ।
करणको घरमा भएको पार्टीको भिडियो भाइरल भएपछि एनसीबीले यसबारे जानकारी मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बी-टाउन सिलेब्सका लागि भएको पार्टीलाई लिएर अकाली दलका नेता मनजिंदर सिंह सिरसाले एनसीबीमा उजुरी दिएका थिए।
करणलाई २०१९ को उक्त पार्टीबारे विस्तृत विवरण उपलब्ध गराउन आजसम्मको समय दिइएको छ। यद्यपि उनलाई आफै उपस्थित हुन भने भनिएको छैन।
करणले भने यसअघि नै विज्ञप्ति निकालेर यो पार्टीमा ड्रग्सको प्रयोग तथा सेवन नभएको स्पष्ट पारिसकेका छन्। आफूले कहिल्यै ड्रग्स सेवन नगरेको र यसलाई आफूले कहिल्यै प्रोत्साहन पनि नगर्ने उनले उल्लेख गरेका थिए।