हुलाकी न्यूज,काठमाडाैं : काठमाडौं उपत्यकामा आजदेखि गाडीमा लागू गरिएको जो-बिजोर प्रणाली हटेको छ।
तीनवटै जिल्लाको कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को संयुक्त बैठकले जोर(बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।
व्यवसायीको चौतर्फी दबाबपछि हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको सरोकारवालाहरुको छलफलले आजदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो।
जोर-बिजोर प्रणाली हटाइए पनि कोरोना सङ्क्रमणको जोखिम रहेका कारण गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पूर्ण रुपमा पालना गर्नुपर्नेछन्। व्यवसायीले मापदण्ड पालना नगरि गाडी चलाएमा अनुगमन गरी त्यस्ता व्यवसायीहरुलाई कारबाही गरिने काठमाडौं जिल्ला प्रशासनले चेतावनी दिएको छ।
बस चलाउनु अघि अनिवार्य रूपमा ‘स्यानिटाइज’ गर्नुपर्छ । सार्वजनिक यातायातमा चढ्ने यात्रुले अनिवार्य रूपमा मास्क र सेनिटाइज र प्रयोग गर्नु पर्नेछ। मास्क प्रयोग नगरेका यात्रुलाई सवारीसाधन चढ्न दिइने छैन।




