हुलाकी न्यूज,राैतहट : रौतहटमा एकजना युवक अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ परेका।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका-४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेका हुन्।
टोलीले दुर्गाभगवती गाउँपालिका वडा नं.५ झाँजपुल स्थितमा चेकजाँच गर्ने क्रममा BR.30M-4841 नं.को ग्यालेम्बर मोटरसाईकल चालक वर्ष २५ को दिलिप साहले कम्मरमा लुकाई छिपाई राखेको अवस्थामा 3.50 कटुवा पेस्तोल साथै कटुवामा लगने गोली एक राउण्डसहित नियन्त्रणमा लिएको हो।
यस घटनाको थप अनुसन्धान कार्य भईरहेको रौतहट प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले जानकारी दिएका हुन्।




