आशिष गुप्ता, नेपालगंज, १५ कार्तिक । ऐतिहासिक नगर नेपालगंजमा सँधै झैं हिन्दु र मुस्लिम समुदायबीच सामाजिक सदभाव कायम गर्दै बडादशैं तथा मोहर्रम एकै साथ सम्पन्न भएको छ । सामाजिक सदभाव र एकताको अनुपम उदाहरण दिँदै हिन्दु समुदायले मुस्लिम समुदायलाई सम्मान गरेको छ । सम्मानित हुनेमा रहिश अहमद सिद्दीकी, मेराज अहमद, हिमालय सफिक, नद्दाफ हाशीम सिद्दीकी, याकुब अंसारी, हारुन हल्वाई, हनिफ शेष, हाशिम शेख, निजामुद्दीन हल्वाई, राजा खान, अनीश शाह, अलिहुसैन राई रहेका छन् ।
यस्तै हिन्दु समुदायका अगुवाहरूलाई पनि सम्मानित गरिएको छ । सम्मानित हुनेमा दिपक लोध, सुरेश गोयल, जितेन्द्र ठाकुर, अजय टंडन, बृजेस सिंह, पवन पटहर, बिवेक बाजपेइ, धिरज श्रिवास्तव, श्याम शाक्य र बलराम सिंह रहेका छन् ।
त्यस्तै जिल्लामा दुबै पर्व शान्तिपुर्वक सम्पन्न गराउन अहम भूमिका खेलेको प्रहरी प्रशासनलाई पनि सम्मानित गरिएको छ । कार्यक्रम अयोजना बडादशैं र मुहर्रम पर्व व्यवस्थापन समितिले गरेको थियो ।




