डा. सिके राउत नेतृत्वको जनमत पार्टी, रुपन्देहीको आयोजनामा कोटहीमाई गाऊँपालिकाको पालिकास्तरीय प्रथम गा.पा. अधिवेशन सम्पन्न भएको छ ।
मंसीर ३० गते कोटहीमाईमा आयोजित सो अधिवेशनद्वारा पार्टीको कोटहीमाई गा.पा. अध्यक्षमा सुभाषचन्द्र यादव, उपाध्यक्षमा धरमपाल चाई, सचिवमा उदितनारायण चौधरी, सहसचिवमा रामनरेश यादव, कोषाध्यक्षमा त्रिभुवन चाई सहित २५ सदस्य गा.पा. समिति चयन गरेको जिल्ला अधिवेशन संयोजक एवं जिल्ला संयोजक रामकेश गुप्ताले जानकारी दिए ।
सयौंका संख्यामा स्थानिय जनता उपस्थित रहेको उक्त अधिवेशनको अध्यक्षता क्षेत्रीय अधिवेशन समिती संयोजक सुरेश चाईले गरेका थिए, भने मुख्य वक्ताहरुमा कार्यक्रमका प्रमुख अतिथि एवं जनमत पार्टीका केन्द्रीय सदस्य अब्दुल खान,बिशिष्ट अतिथी एवं पार्टीका केन्द्रीय सदस्य भोपेन्द्र प्रसाद यादव सहित जिल्ला सह संयोजक चन्द्र शेखर सोनार, जिल्ला सचिव शिव चरन केवट, कोषाध्यक्ष संजय कुमार मिश्र, वरिष्ठ महिला सदस्य निर्मला हरिजन, युवा जनमत संघ रूपन्देही जिल्ला संयोजक सागर वर्मा, मधेश नेतृत्व पुञ्जका उपाध्यक्ष एवं सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल लगायतले आ-आफ्नो मनतब्य राखेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी एवं केन्द्रिय सदस्य अब्दूल खानले – पार्टीमा स्वच्छ छविका व्यक्तिहरु द्वारा नेतृत्व रहेको कारण जनमत पार्टीले कम समयमै मधेशीको मनमा सकारात्मक छाप पार्न सफल भएको दाबी गरे । उनले आज सम्म राष्ट्रियस्तरका पार्टी भनाउंदा कांग्रेस, कम्युनिष्ट, राप्रपा जस्ता पार्टीहरूले मधेशीलाई केवल आफ्नो सिढीं मात्र बनाइराखेको र मधेशको विकासको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाए ।
त्यसैगरी, केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवले – जनता अब जागिसकेकोले आउँदो चुनावमा नोटले भोट किन्न आउने पुराना जमिन्दार नेतालाई हराउने र स्वच्छ राजनितीमा उत्रेको जनमत पार्टीका नेतालाई नै जिताउनेमा आफू विश्वस्त रहेको बताए ।
यसै गरी जिल्ला सह संयोजक चन्द्र शेखर सोनारले – देशको कूल राजस्वको ८०% भन्दा बढी मधेशबाटै संकलन हुने गरेको तर राज्यले विकास खर्च भने २०% पनि मधेशमा लगानी नगरेको र लगानी गरेकोमा पनि भ्रष्ट एवं नश्लिय नेता-कर्मचारीहरु मिलेर केवल लुट मच्चाएको आरोप लगाए । यस्तो भ्रष्टतन्त्र बदल्न र मधेशमा सामुदायिक स्वराज स्थापना गर्न एकमात्र विकल्प जनमत पार्टी रहेको विचार उनले व्यक्त गरे ।
यस अधिवेशन संगै जिल्लामा प्रथम चरणको पालिकास्तरिय अधिवेशन सम्पन्न भएको छ, भने दोस्रो चरणको पालिका स्तरिय अधिवेशन यही पौष ४ गते मायादेवी गाऊँपालिका, पौष ११ गते मर्चवारी गाउँपालिका तथा पौष १८ गते गैडहवा गाउँपालिकामा गरिने कार्यक्रम रहेको जिल्ला संयोजक गुप्ताले बताए । उनले निर्धारित मितीमा बांकीका पालिकामा अधिवेशनमा सहभागी भई कार्यक्रम पूर्ण रूपमा सफल बनाउन जिल्ला तथा पालिका स्तरका नेता-कार्यकर्ताहरुलाई आग्रह गरेका छन।
कार्यक्रम पश्चात कुराकानीका क्रममा क्षेत्रिय इन्चार्ज सागर वर्माले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाले पार्टीको संगठन मजबुत पार्न सफल भएको र पार्टीको लोकप्रियता देखेर अन्य पार्टी समेत छोडेर जनमत पार्टीमा सामेल हुनेको संख्या पनि दिनानुदिन बढदै गइरहेको जानकारी दिए । 










