हुलाकी न्यूज, काठमाडौं, १४ कार्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घरमा फेरि आक्रमण प्रयास भएको छ । महतोको काठमाडौंस्थित सिनामंगलमा रहेको घरमा केही युवाको समूहले आक्रमण गरेको सदभावना पार्टीले जनाएको छ ।

यसभन्दा पहिले पनि महतोको काठमाडौंस्थित निवासमा युवाहरुले आक्रमण प्रयास गरेका थिए । उनीहरुले महतोको घर जलाईदिने चेतावनी पनि दिएका थिए ।

सदभावनाको काठमाडौंमा रहेको सम्पर्क कार्यालयमा पनि केही दिन पहिले आक्रमण भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.