हुलाकी न्यूज, काठमाडौँ: भक्तपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जागीर लगाइदिने प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा पुर्याएर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्। करणीमा संलग्न दुई र उनीहरुलाई सहयोग गर्ने दुई गरी चार युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताए।

करणी आरोपमा पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँको म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

त्यसैगरी सोही रिसोर्टमा काम गर्ने काभ्रेको भुम्लु गाँउपालिका २ डटुवाका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवर पनि पक्राउ परेका छन्। उनीहरुले किशोरीलाई बलात्कार गर्न सहयोग पुर्याएको आरोप प्रहरीको छ।अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.