
हुलाकी न्यूज, काठमाडौं : चिकित्सा शिक्षाको स्नातकोत्तर (पीजी)मा समेत आरक्षण लागु गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ।
पीजीमा पनि आरक्षण लागु गर्नु पर्ने मागसहित डा.विजयकुमार पन्जियारले दायर गरेको रिटमा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश जारी गरेको पन्जियारले हुलाकी न्यूजलाई जानकारी दिए।
उनका अनुसार अव चिकित्सा शिक्षा आयोगले सम्पूर्ण युनिर्भसिटीका विद्यार्थीहरुका लागि आरक्षण गर्नु पर्नेछ जस अनुसार करिब १६ सय सिटमा आरक्षण लागु हुनेछ।
डा.पन्जियारले २०७७ साल असोज १९ गते रिट दर्ता गराएका थिए। उनको पक्षमा वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोलगायतले बहस गरेका हुन्।
डा.पन्जियार आवद्ध रहेको जनमत पार्टीका सम्पूर्ण सदस्यहरुलाई पनि ध्यावाद व्यक्त गरका छन्।



