
हुलाकी न्यूज, साउदीः विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदको दुई स्थानमा विस्तार भएको छ।
दमामको एसीजीसी र बादी लेवनको अल यमाममा एनआरएमएको विस्तार भएको हो।
एसीजीसीमा एनआरएमए साउदीका कार्यवाहक अध्यक्ष अशोक साह र सहअध्यक्ष उपेन्द्र अधिकारीको उपस्थितिमा १० सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यसमितिको अध्यक्षमा राधेश्याम शर्मा, उपाध्यक्षमा रामअशिस साह, सचिवमा अजयकुमार दास, सहसचिवमा रमेश कुमार मण्डल रहेका छन्।
सदस्यहरुमा विरेन्द्र साह, जितेन्द्र मण्डल, राजदेव मण्डल, सिकिन्दर राम, विश्वनाथ चौधरी र शंकर चौधरी रहेका छन्।
यसैगरी, अल यमाममा एनआरएमए साउदीका अध्यक्ष अशोक साह र सुनिल साहको उपस्थितिमा १४ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
समितिका अध्यक्षमा राजकिशोर साह, उपाध्यक्षमा सियाराम यादव, सचिवमा राम मनोहर राय, सहसचिवमा जोगेन्द्र प्रसाद रजक रहेका छन्।
सदस्यहरुमा महेन्द्र यादव, शुभनारायण यादव, शिव सदा, सुरेन्द्र सरदार, गौरी शंकर राय, रामप्रसाद राय, सैनिया मुखिया, दिपेन्द्र सरदार, सुजीत कुमार मण्डल र राजेन्द्र प्रसाद साह रहेका छन्।




