हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा मोटरसाइकल दुर्घटना बाट एकको मृत्यु भएको छ। दुर्घटनामा साबिक कौडेना– ६ सक्रौलनिवासी ३५ वर्षका प्रमोद रायको मृत्यु भएको हो।
नयाँरोड मधुवनी सडक खण्ड अन्तर्गत बरहथवाबाट गडहियातर्फ जाँदै गरेको बिआर ३० यू४१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट १० मिटर तल खस्दा चालक राय गम्भीर घाइते भएका थिए।
उनको उपचारको क्रममा बरहथवामा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक रायको शव परीक्षणको लागि जिल्ला अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।