हुलाकी न्यूज,काठमाण्डाै : नौ महिनासम्म बन्द पशुपतिनाथ मन्दिर बुधबारदेखि खुलेको छ। मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्दिर परिसरमा क्षमासहित विशेष पूजा गरेपछि आजबाट मन्दिर खुलेको हो।
पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर आजबाट खुलेको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा प्रदीप ढकालले जानकारी दिए।
मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइनेछ ।