हुलाकी न्यूज, काठमाडौं : सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोध जनता समाजवादी पार्टी (जसपा)ले गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको परिषद् सम्बन्धी अध्यादेशको विरोध जसपाले गरेको हो।
जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले हुलाकी न्यूजसँग भने,‘प्रधानमन्त्री ओलीले आफै बनाएको संविधानलाई अस्वीकार गरेका छन्। संविधानलाई मिचेका छन्।’
सरकारको उक्त कदमको चर्को विरोध गर्ने जानकारी दिदै महतोले भने,‘असंवैधानिक कदमको समर्थन गर्न सकिदैन। लोकतन्त्र विरोधी कार्यमा ओली जी लाग्नु भयो। यसको हामी भत्र्सना गर्दछौं।
मंगलबार राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक तीन जनाले पनि गर्न पाउने छन्।