रमेश ठाकुर, रौतहट, १४ कार्तिक । मधेशमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका पहाडी समुदायले जिल्ला सदरमुकाम गौरमा ऐक्यबद्धता र्याली प्रदर्शन गरेका छन् ।

लामो समयदेखि तराई मधेशमा आन्दोलन जारी रहँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै मधेश आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका पहाडी समुदायले शनिबार सदरमुकाम गौरमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । विगत ७८ दिन देखि तराई मधेशमा जारी आन्दोलनले मधेशका नागरिकहरुको जनजिवन कष्टकर हुँदा पनि सरकारले कुनै वास्ता नगरेको तथा मधेशका जायज माँगहरुको बारेमा समेत सरकार अहिलेसम्म गम्भीर नदेखीएकाले सरकार लाई दबाब दिन तथा मधेशी र पहाडी समुदायबीच बढ्दै गएको दुरीलाई कम गर्नका लागि सदभाव र्याली निकालिएको र्यालीका सहभागीहरुले जनाएका छन् ।

‘हामी मधेशी हाम्रो मधेश, मधेशको माग पुरा गर’ भन्ने नारा लेखिएको ब्यानर बोकेर गौरको मधेशक्रान्ति चौकबाट सुरु भएको शान्तिपुर्ण र्याली अस्पताल चौक, भन्सार हुँदै नाकामा बसेको धर्ना स्थलमा पुगेर समापन भएको थियो ।

त्यस्तै मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार रौतहटका केशरी समाजले पनि सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् । मधेशीको मांग पुरा गर भन्ने नाराका साथ सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै उनीहरुले पनि सरकारको विरुद्धमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि दुबै समुदाय सामूहिक रुपमा गौर बैरगनिया सीमानाकामा धर्नामा बसेका छन् ।

gaur ma pahadi samudayko rally2

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.