बलिउडका चर्चित अनुहार एकपटक पुनः पर्दामा धमाका मच्चाउनका लागि तयार छन् । सन् २०२१ मा थुप्रै फिल्म रिलिज हुने तयारीमा छ जसलाई प्रशंसकले व्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् । थुप्रै फिल्म जुन महामारीका कारण रिलिज हुन सकेनन् ती सन् २०२१ मा ठूलो पर्दामा देखिनेछन् । सन् २०२१ मा रिलिजको तयारीमा रहेका केही फिल्मबारे यहाँ जानकारी लिऔं ।

मैदान

बलिउड अभिनेता अजय देवगनको फिल्म मैदान ठूलो पर्दामा धुम मच्चाउनका लागि तयार छ । यो फिल्मका निर्माताले फिल्मलाई दशहराको मौकामा रिलिज गर्ने निर्णय गरेको छ । फिल्म सन् २०२१ को अक्टोबर १५ मा रिलिज हुनेछ । फिल्ममा अजय देवगनको मुख्य भूमिका रहनेछ भने यसमा प्रियमणि, गजराज राव र रुद्रानिल घोषको पनि अभिनय देख्न सकिनेछ । हालै फिल्मको नयाँ पोस्टर पनि रिलिज भएको छ ।

अतरंगी रे

बलिउड अभिनेता अक्षय कुमारको आउँदो फिल्म ‘अतरंगी रे’ को रिलिज डेट फाइनल भएको छ । यो फिल्म भ्यालेन्टाइन्स डे (सन् २०२१ फेब्रुअरी १४) मा ठूलो पर्दामा रिलिज हुनेछ । फिल्ममा सारा अली खान र धनुष मुख्य भूमिकामा रहनेछन् । सारा अली खान अक्षय कुमारसँग स्क्रिन सेयर गरेका कारण निकै उत्साहित छिन् । यो फिल्म आनन्द एल रायद्वारा निर्देशित हो ।

 

कभी ईद कभी दिवाली

कभी ईद कभी दिवाली सलमान खानको आगामी फिल्म हो । यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । फिल्म फरहाद सामजीद्वारा निर्देशित छ । यो फिल्मलाई निर्माता साजिद नाडियाडवाला र सलमान खान मिलेर बनाइरहेका छन् । यो फिल्ममा संगीत ए.आर.रहमानले दिएका छन् । फिल्ममा सलमान खानको दोहोरो भूमिका छ । उनी हिन्दु र मुस्लिम बनोका छन् । यो फिल्म मे १३ २०२१ मा रिलिज हुँदैछ ।

हिरोपंती टु

बलिउड अभिनेता टाइगर श्रोफको पनि आफ्नो भिन्न अन्दाज छ । उनले आफ्नो अभिनय र नृत्य कलाले थुप्रै फ्यान फलोविङ बनाएका छन् । उनको आगामी फिल्म हिरोपंती टु सन् २०२१ को जुलाई १६ मा रिलिज हुनेछ । यो फिल्ममा बलिउड नायक टाइगर श्रोफका साथै नायिका तारा सुतारिया पनि देखिनेछिन् । दुबैका प्रशंसक यो फिल्मका लागि निकै उत्साहित छन् । फिल्म अहमद खानद्वारा निर्देशित छ ।

 

रक्षा बन्धन

रक्षा बन्धन सन् २०२१ को बलिउड ड्रामा फिल्म हो । यसलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । फिल्मलाई आनन्द एल राय र अलका हिरानन्दानीले निर्माणा गरेका हुन् । फिल्ममा अक्षय कुमारको मुख्य भूमिका छ । फिल्म भाइ बहिनीको सम्बन्धमा आधारित छ । यो फिल्म सन् २०२१ नोभेम्बर ५ मा रिलिज हुँदैछ ।

लाल सिंह चड्डा

आमिर खानको आगामी फिल्म लाल सिंह चड्डा हो । उनीसँग करिना कपुर खान पनि देखिनेछिन् । फिल्मको सुटिङ करिनाले गर्भावस्थामा नै गरेकी हुन् । यो फिल्म सन् २०२१ डिसेम्बर २४ मा रिलिज हुनेछ । आमिर खानको यो फिल्म अद्वैत चन्दनद्वारा निर्देशित हो । लाल सिंह चड्डालाई आमिर खान र किरण रावले निर्माण गरेका हुन् ।

बेल बटमः 

अक्षय कुमारले सन् २०२१ मा बबाल धमाल मच्चाउलान् जस्तो छ । उनको अर्को एउटा फिल्म सन् २०२१ मा रिलिज हुनेछ । नाम हो बेल बटम । यो फिल्मका लागि उनका प्रशंसक निकै उत्साहित पनि छन् । फिल्मको निर्देशन रंजित एम तिवारीले गरिरहेका छन् । फिल्ममा अक्षयसँग वाणी कपुर, हुमा कुरैशी र लारा दत्ता पनि महत्वपूर्ण भूमिका निभाइरहेका छन् । फिल्म अर्को वर्ष अप्रिल २ मा रिलिज हुने तयारीमा छ ।

तख्तःतख्तः

बलिउडमा थुप्रै शानदार फिल्म सन् २०२१ मा रिलिज भइरहेका छन् । तीमध्ये एउटा फिल्म हो तख्त । यो फिल्म सन् २०२१ को डिसेम्बर ३ मा रिलिज हुनेछ । करण जोहरको यो फिल्ममा रणवीर सिंह, करिना कपुर खान, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जान्ह्वी कपुर र अनिल कपुर मुख्य भूमिकामा छिन् ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.