हुलाकी न्यूज,वीरगन्ज : पर्साको ठोरी गाउँपालिकामा अवस्थित सीता गुफामा विवाह पञ्चमीको अवसरमा रामसीता विवाह उत्सव गर्ने तयारी थालिएको छ।

रामजन्मभूमि क्षेत्र विकास समिती तथा सीतागुफा पूजा समितिको आयोजनामा पौष ४ गते शनिबार विवाह महोत्सव मनाइने पुजा समितिले जनाएको छ। सीता गुफा परिसरमा रुद्री पूजा, हवन सहित भब्य रुपमा विवाह उत्सव मनाइने बताइएका छन।

विगत केही वर्षदेखी सीता गुफामा विवाह पञ्चमीको अवसरमा र राम नवमीको दिन धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएको तथा  आदिकवी भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गत असार २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म ठोरीमै भएको अभिव्यक्ति दिएसँगै ठोरीवासीले विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आएका छन्।

उक्त अभिव्यक्ति दिएसँगै ठोरीमा पर्यटकको आगमनमा पनि वृद्धि आएको त्याहाँका स्थानीय बताउँछन्। भने उक्त अभिव्यक्तिलाई प्रमाणित गर्न विभिन्न प्रमाणिक तर्कहरु पनि प्रस्तुत हुँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.