हुलाकी न्यूज, काठमाडौं, १४ कार्तिक । मधेशी मोर्चाले नाकाबन्दी गरेको बेला चीनले पेट्रोलियम पदार्थ उपलब्ध गराउने सम्झौता गरेर मधेशविरोधी कदम चालेको भन्दै मधेशमा चीनको झण्डा जलाउनुका साथै ब्याक अफ चाईना भन्दै चीनविरोधी प्रदर्शन चर्किएपछि प्रहरी प्रशासनले कडाई गरेको छ । प्रहरीले चीनको झण्डा चलाएको भन्दै पर्साबाट सदभावना पार्टीका पर्सा अध्यक्ष इमदाद गद्दीसँगै अन्यलाई गिरफ्तार गरेपछि सामाजिक संजालमा प्रहरी प्रशासनले पक्षपात गरेको भन्दै विरोध सुरु भएको छ ।
लगभग एक महिना पहिले विभिन्न ठाउँमा प्रहरी प्रशासनकै सुरक्षा घेरामा भारत विरोधी प्रदर्शन भएको र भारतको झण्डा जलाइँदा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन हुँदा पनि प्रहरी मुखदर्शक बनी बसेको तर अहिले मधेशमा चीन विरोधी प्रदर्शन हुँदा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भन्दै प्रहरी प्रशासनको विरोध भएको हो ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकहरुमै चीनको झण्डा जलाइनुले मतविभाजन भएको छ । मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा चीनको झण्डा जलाइएपछि त्यसको विरोध गरेका थिए ।
त्यस यता मोर्चा घटक सदभावना पार्टीको स्थानीय नेताहरुको सक्रियतामै चीनको विरोध भएको भन्दै मोर्चाका केही नेताहरुले आपत्ति जनाएका छन् ।
मधेशी बुद्धिजिवीहरुले पनि चीनको झण्डा जलाइन नहुने प्रतिक्रिया दिएका छन् ।




China r Bharat hamra mitra rastra hun . chinale madheshilai tel ndinuparne sartma tel diyeko hoin . Tesaile china or India ko rastriye flag jalaunu dukhad ho . yasta kam buddhijibile garnu ramro hoin .