हुलाकी न्यूज,जनकपुर : प्रदेश नम्बर २ को प्रदेश लोकसेवा आयोगले निकालेको ईन्जिनियर पदको विज्ञापनमा त्रुटिपूर्ण रहेको भन्दै नेपाल मधेशी निजामती कर्मचारी मञ्चले तत्काल सच्याउन माग गरेका छन्।

प्रदेशको प्रदेश निजामती सेवा ऐन आई नसकेको वर्तमान अवस्थामा विद्यमान निजामति सेवा ऐन २०४९ र नियमावली २०५१ तथा समायोजन ऐन २०७५ ले गरेको व्यवस्था विपरित भएको सो विज्ञापन आफैंमा त्रुटिपूर्ण र हचुवामा भएको मञ्चको आरोप रहेको छ।

प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेन्द्रप्रसाद यादवलाई बुझाइएको ज्ञापनपत्रमा आयोगले सूचना नम्बर १÷२०७७–०७८ बमोजिम मिति २०७७ मंसिर २५ मा प्रकाशित ईन्जिनीयरिङ सेवा, ईन्जिनीयर पदको विज्ञापन प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन्।

महासचिव महतोले प्रदेश सरकारले हालै गरेको उपरोक्त विज्ञापनमा बढुवा समेतको पद खुलाई कार्यतालिका बनाई सच्याएर पुनः विज्ञापन गर्न समेत जोडदार माग गरेका हुन्। मञ्चले प्रदेशको कानून निर्माता गर्ने मुख्यन्यायधिवक्ता दिपेन्द्र झालाई समेत सो ज्ञापनपत्र बुझाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.