हुलाकी न्यूज,रौतहट :गृहसचिब महेश्वर न्यौपानेले प्रदेशनम्बर २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसंग सम्झौता नहुने बताउनु भयो। उहाले जिल्ला प्रशासन कार्यालय रौतहटको भबन उदघाटन गर्ने क्रममा उक्त कुरा भनेका हुन्।
प्रहरी कर्मचारीहरु कर्तब्यबाट बिमुख भएमा कारबाही हुने। उहाले ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिना अघि यातनाबाट मृत्यु भएका बिजय रामको सन्दर्भलाई समेत जोडेर कर्तब्य पालनबाट च्युत भएका प्रहरी अधिकारीलाई कारबाही गरिएको बताउनु भयो।
सरकारी सेबाप्रदायक कार्यालयमा अनियमितता र काममा ढिलासुस्ति भएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने समेत भने।
उहाले समयै बिकास निर्माणको कार्य सम्पन्न गर्न प्रशासक र सुरक्षाकमीहरुले सहयोगी भुमिका निर्बाह गर्नु पर्ने र रेलमार्ग, हुलाकी सडक, लगायतको महत्वकाक्षी बिकास निर्माणको कार्य समयमै सम्पन्न गराउन सहयोगी भुमिका निर्बाह गर्नु पर्ने बताउनु भयो। प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले जिल्लाको शान्ति सुरक्षा कायम गर्न र समयमै बिकास निर्माण कार्य सक्ने बाताबरणमा आफु सहयोगी भुमिका निर्बाह गर्ने बताए।