हुलाकी नकाठमाडौँ : नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य बढाएको छ।

निगमले शनिबार राती १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य बढाइएको हो।

आयल निगमका प्रवक्ता बिनितमणि उपाध्ययले बढेको मूल्यपछि पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको जानकारी दिए।

हवाई ईन्धन तथा एलपी ग्यासको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन।

पछिल्लो पटक ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बरमा प्राप्त खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.