हुलाकी न्यूज,काठमाडौँ: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार आज शनिबार दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमका पहाडी जिल्लामा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीय कर्णबहादुर द्वारीयाले जानकारी दिनुभयो।
डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ। भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए। भूकम्पले अहिले सम्म क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।




