हुलाकी न्यूज,काठमाडौँ : नेपाल–भारतबीचको उडान आउदो पुस २ देखि पुनः सञ्चालन हुने भएको छ ।
कोरोना संक्रमणका कारण गत चैत ४ देखि स्थगित दुवै देशले ‘एयर बबल’ नीतिका आधारमा उडान सञ्चालन गर्न सहमति जनाएका हुन्।
आफ्ना नागरिकलाई मात्र सीमित संख्यामा उडान सुविधा दिने यो नीति अन्तर्गत नेपाली वायु सेवाले नेपाली र भारतीय वायु सेवाले भारतीय नागरिकलाई मात्र सेवा उपलब्ध गराउने भएका छन्।
पहिलो उडान नेपाल एयरलाइन्सले गर्ने भएको छ। भारतका तर्फबाट एयर इन्डियाले नेपाल उडान गर्नेछ। उक्त उडान हरेक दिन काठमाडौँदेखि दिल्लीसम्म हुने सहमति भएको छ। यसअघि भारतले गत भदौमा नेपालसमक्ष उडान सञ्चालन गर्ने प्रस्ताव गरे पनि कोरोना सङ्क्रमण जोखिम कायमै रहेको भन्दै नेपालले तत्काल उडान नगर्ने जवाफ दिएको थियो।